९ भदौ २०८३, मंगलबार

प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोली प्रधानमन्त्रीसँग प्रश्नोत्तर



काठमाडौं । आजका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयका अनुसार पूर्वनिर्धारित समयमा बैठक सञ्चालन गर्न सम्भव नभएपछि सभामुख डिपी अर्यालले बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी नयाँ समय निर्धारण गरेका छन्।

बुधबार बस्ने बैठकका लागि प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची यसअघि नै सार्वजनिक भइसकेको छ। बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रमसँगै अन्य नियमित संसदीय कामकारबाही अघि बढाइनेछ।