९ भदौ २०८३, मंगलबार

नेप्सेमा लगातार तेस्रो दिन गिरावट: परिसूचक २५ सय ९४ बिन्दुमा झर्दा कारोबार रकम भने बढ्यो



काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएकाे छ।

आज लगातार तेस्राे दिन नेपाल स्कट एक्सचेनञ्ज नेप्से परिसूचक ५.३० अंकले घटेर २५ सय ९४ दशमलव २७ बिन्दुमा झरेकाे छ।

आज विकास बैंक र निर्जीवन बीमा बाहेक अरू सबै समुहकाे उपसूचक घटेका छन् ।

नेप्से परिसूचक घटे पनि यसदिन काराेबारमा भने सुधार देखिएकाे छ। आज ३५७ कम्पनिकाे १ कराेड ४४ हजार १६४ कित्ता सेयर ४ अर्ब १० कराेड ९७ लाख ५१ हजार ७३० रूपैयाँमा किनबेच भएकाे छ।

हिजाे ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँमा किनबेच भएको

आज १८७ कम्पनीकाे सेयर मूल्य घटेकाे छ भने ७८ कम्पनीकाे सेयर मूल्य बढेकाे छ । यस्तै १२ वटा कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ।

आज सर्वोत्तम पेन्टस् इन्डष्ट्रिजको सेयर मूल्य १४.९९ प्रतिशत र क्रेष्ट माइक्राे लाइफ इन्स्याेरेन्सकाे सेयर मूल्य १४.९५ प्रतिशतले बढेकाे छ। यता धाैलागिरी लघुवित्तकाे सेयर मूल्य १०.०७ प्रतिशतले घटेकाे छ।