१० भदौ २०८३, बुधबार

बुधबार सुनकाे मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्याे



काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनकाे मूल्य सामान्य घटेकाे छ। हिजाे तोलामा ५ सय रुपैयाँले घटेको सुनकाे भाउ आज पनि ताेलामा १०० रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँ निर्धारण भउकाे छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ७५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।