१० भदौ २०८३, बुधबार

बाढीका कारण भएको जनधनको क्षतिप्रति मोदीद्धारा दु:ख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता



काठमाडौं । नेपालमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार टेलिफोनमार्फत कुराकानी गर्दै विपत्तिबाट प्रभावित नेपालीप्रति समवेदना प्रकट गरेका हुन्।

मोदीले सामाजिक सञ्जालमार्फत शाहसँग भएको कुराकानीबारे जानकारी दिँदै कठिन परिस्थितिमा भारतका नागरिक नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन्।

उनले बाढीपछि उत्पन्न संकटमा नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको पनि उल्लेख गरेका छन्। साथै, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन भारतीय सम्बन्धित टोलीले नेपालसँग समन्वय गर्दै काम गरिरहेको जानकारी दिएका छन्।