बाढी पीडितको उद्धार र पुनर्स्थापनाका लागि गोल्छा ग्रुपद्वारा डेढ करोड सहयोग
काठमाडाैं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उद्धार र पुनर्स्थापनाका गोल्छा ग्रुपले डेढ करोड रुपैयाँ आर्थिक सहयोग गरेकाे छ।
बाढी प्रभावितहरुको उद्धार र पुनर्स्थापनाका लागि खोलिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोल्छा ग्रुपले डेढ करोड रुपैयाँ जम्मा गरेको हाे।
ग्रुपका अध्यक्ष शेखर गोल्छाले कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको बताएका छन्।
यस्तो कठिन घडीमा उद्धार, राहत तथा यस विपत्तिबाट प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु नै हाम्रो पहिलो र साझा प्राथमिकता रहेकाे उनले बताए।
विपत्तिको समयमा निजी क्षेत्र पनि एकजुट भएर सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सक्दो योगदान दिर्नु पर्ने उनते बताए ।














