११ भदौ २०८३, बिहिबार

सेयर बजारमा लगातार गिरावट: नेप्से २५५७ बिन्दुमा,  जलविद्युत कम्पनीका सेयरधनीलाई लगातार धक्का



काठमाडाैं । लगातार पाचाैँ दिन पनि सेयर बजार घटेकाे छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १.०४ अंकले घटेर २५ सय ५७ दशमलव ३१ बिन्दुमा राेकिएकाे छ।

बाढीकाे धक्का सेयर बजारमा यसदिन पनि देखिएकाे छ। यसदिन पनि निर्जीवन बीमा समुह २.०४ प्रतिशतले घटेकाे छ । यस्तै आज म्युच्युअल फण्ड ३.१२, अन्य १.०७ र हाइड्राेपावर समुहकाे उपसूचक ०.५५ प्रतिशतले घटेकाे छ। बाँकी उपसूचकहरू भने आज सकारात्मक देखिएका छन् ।

आजकाे काराेबारमा १४६ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ११८ कम्पनीकाे सेयर मूल्य घटेकाे छ। यस्तै १५ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ। यसदिन सर्वाेत्तम पेन्ट्स इन्डस्ट्रिजकाे सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेकाे छ।

यता अपर हेवाखोला हाइड्रोपावर कम्पनीकाे सेयर मूल्य ९.४५, त्रिशुली जलविद्युत कम्पनी ९.२३, इमर्जीङ नेपाल र रसुवागढी हाइड्राेपावर कम्पनी समान ८.३८, माथिल्लाे मैलुङ खाेला जलविद्युत लिमिटेडकाे सेयर मूल्य ८ प्रतिशतले घटेकाे छ।

नेप्सेसँगै यसदिन काराेबार पनि घटेकाे छ। आज ३४८ कम्पनिकाे १ कराेड ६ लाख २६ हजार ३७० कित्ता सेयर ३ अर्ब ७८ कराेड ६४ लाख ५० हजार रूपैयाँमा किनबेच भएकाे छ।

हिजाे ३४८ कम्पनिकाे १ कराेड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर ४ अर्ब ७७ कराेड ३८ लाख ५७ हजार रूपैयाँमा किनबेच भएकाे थियाे ।