१४ भदौ २०८३, आइतबार

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला, ८ हजार बढीको उद्धार



काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० मा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव भेटिएको छ।

बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट अहिलेसम्म ८ हजार १८६ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको प्राधिकरणले जनाएको छ।