विपद् प्रभावित क्षेत्रमा यतीको निःशुल्क राहत ढुवानी
काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले बाढी प्रभावित त्रमा पठाइने राहत सामग्रीको निःशुल्क हवाई ढुवानी गर्ने भएको छ।
यसका साथै, यात्रुहरूलाई दिइँदै आएको सुलभ भाडादरको सुविधालाई पनि कम्पनीले थप केही दिन लम्ब्याउने निर्णय गरेको छ।
लगातारको विपद्ले सडक यातायात ठप्प भएपछि अहिले हवाई सेवामा यात्रुहरूको चाप अत्यधिक बढेको छ।
यही अप्ठ्यारो परिस्थितिमा सर्वसाधारणलाई थप आर्थिक भार नपरोस् भनेर नै न्यूनतम मूल्यमै उडान सेवा जारी राखिएको एयरलाइन्सले जनाएको छ।













