१५ भदौ २०८३, सोमबार

हिमालयन बैंकद्वारा बाढी पिडितहरुलाई ३ करोड १ लाख सहयोग प्रदान



काठमाडौँ। हिमालयन बैंकले बाढी पिडितहरुलाई ३ करोड बढी आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले भाद्र १० गते बिहान रसुवा जिल्ला भई बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्य्रान सहितको बाढीबाट भोटेकोशी र त्रिशुली नदी किनारका तथा अन्य प्रभावितहरुको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रभावितहरुको उद्दार, सहायता तथा पुनस्र्थापनाका लागि रु ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले बैंक तथा बैंक परिवारहरुलाई अत्यन्तै मर्माहित बनाएको बताउँदै यस दु:खद घडीमा प्रभावित सबैमा धैर्य धारण गरी आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न बैंकले सम्बन्धित सबैमा आग्रह गरेको छ।

बैंकले विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको पनि प्रतिवद्धता व्यक्त गरेको छ।