१६ भदौ २०८३, मंगलबार

सुनचाँदीको मूल्य आज पनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । करिब एक सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा मंगलबार प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।

महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेर ४ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।