प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा देव ग्रुप, युनाइटेड मेवा र युनाइटेड मोदीको तर्फबाट ५० लाख सहयोग
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि देव ग्रुप, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको तर्फबाट ५० लाख रुपैयाँ सहयोग गरेको छ।
देव ग्रुपका अध्यक्ष नरेन्द्र बल्लभ पन्त र प्रबन्ध निर्देशक अजय बल्लभ पन्तले उक्त सहयोग रकम नेपाल सरकारका उर्जामन्त्री बिराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको रकमले बाढीपहिरो प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने विश्वास लिएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका संचालक समितिका अध्यक्ष नविन सिलवालले बताएका छन् ।
त्यसै गरी यस मानवीय कार्यमा महत्वपूर्ण सहयोग र सहकार्य गर्न पाउँदा खुसी लागेको युनाइटेड मेवा खोला हाइड्रोपावरका संचालक समितिका अध्यक्ष आशिष थापाले बताएका छन् ।
आगामी दिनमा पनि समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने देव ग्रुपले प्रतिबद्धता जनाएको छ।










