नागढुंगा-नौबिसे सडक खण्ड भासियो, एकतर्फि मात्र सञ्चालन
काठमाडौं। नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत पातले वन नजिकै सडक भासिएको छ। सडक विभाग धादिङका अनुसार सडक भासिएसँगै उक्त खण्डमा यातायात प्रभावित भएको छ।
सडक भासिएपछि हाल यस रुटमा पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्र एकतर्फी रूपमा सञ्चालन अनुमति दिइएको छ। अन्य सवारीसाधनलाई भने सुरुङमार्ग भएर पठाउने तयारी भइरहेको विभागले जनाएको छ।
सडकको पुरानो पर्खाल (वाल) का कारण सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप यथार्थ कारण पत्ता लगाउन सडक विभागबाट खटिएको प्राविधिक टोली अहिले घटनास्थलमा पुगी अध्ययन गरिरहेको छ।










