१७ भदौ २०८३, बुधबार

प्रधानन्त्री प्रकोप उद्धार कोषमा यती पेन्ट्सद्वारा ११ लाख ११ हजार सहयाेग



काठमाडाैं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले ११ लाख ११ हजार १ सय ११ रुपैयाा आर्थिक सहयोग गरेको छ ।

यति पेन्ट्सले प्रधानन्त्री प्रकोप उद्धार कोषमा कम्पनीका तर्फबाट ११ लाख ११ हजार १ सय ११ रूपैयाा आर्थिक सहयोग गरेको हो ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुा, लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको कम्पनीका अध्यक्ष झलक बहादुर केशीले जानकारी दिए ।

प्राकृतिक विपत्तीका कारण प्रभावित क्षेत्रमा नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष केसीको भनाइ छ ।
कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।