बाढी पीडितकाे राहत, उद्धार तथा पुनर्स्थापनाको लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकाे १ करोड १ लाख सहयाेग
काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो मानविय तथा भौतिक क्षती भएको विषम परिस्थितिमा प्रभावित जनसमुदायको लागि राहत, उद्धार र पुनःस्थापनाको लागि १ करोड १ लाख रूपैयाँ सहयाेग गरेकाे छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग स्वरुप १ करोड १ लाख सहयाेग गरेकाे हाे ।
कम्पनीका सञ्चालक हसना शर्माले अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरेका हुन्।
यस अघि २०८१ सालमा आएको वाढीवाट प्रभावितको लागि ५१ लाख र जेन्जी आन्दोलनको क्रममा क्षती भएको राष्ट्रिय सम्पदा पुनःनिर्माणको लागि रु. १ करोड १ लाख प्रदान गरेका थियो । यी घटनाहरुवाट क्षती भएका सम्पत्तीहरुको बीमा दाबी पनि यथासमयमा फर्छयौट गरी दावी भुक्तानी गरेको कम्पनीले जनाएकाे छ।










