१८ भदौ २०८३, बिहिबार

अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरे १८ लाख ३२ हजार ७२१ रूपैयाँ



काठमाडाैं । अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीले बाढीबाट प्रभावित समुदायको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले १८ लाख ३२ हजार ७२१ रूपैयाँ सहयाेगग गरेका छन् ।

भदाै ११ गतेको सचिव बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीहरूको तर्फबाट खोज, राहत र उद्धार कार्यका लागि योगदान स्वरूप १८ लाख ३२ हजार ७२१ रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अर्थमन्त्रालयले जनाएकाे छ।

गत भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरूप्रति अर्थ मन्त्रालय परिवार भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकाे छ ।

साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे छ।