१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सन सेक्युरिटिजद्वारा २ लाख ११ हजार सहयाेग



काठमाडाैं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सन सेक्युरिटिज प्रालिले २ लाख ११ हजार १११ रूपैयाँ सहयाेग गरेकाे छ।

हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित परिस्थितिले मर्माहत तुल्याएकाे भन्दै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयाेग गरेकाे हाे ।

यस सहयाेगबाट विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरेकाे छ। कम्पनीले आजै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा जानकारी दिएकाे छ।