१८ भदौ २०८३, बिहिबार

सिद्धार्थ प्रिमियरका ४ सय ९९ कर्मचारीद्वारा बाढीपीडितका लागि १९ लाख सहयोग



काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्मचारीहरूले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुन:स्थापनाका लागि १९ लाख ६ हजार ३ सय ३५ रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीमा कार्यरत ४ सय ९९ कर्मचारीको पारिश्रमिकबाट उक्त रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न चेकमार्फत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्रीले संकलित रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको विषम परिस्थितिमा प्रभावित नागरिकको राहत, उद्धार र पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट रकम योगदान गरेका हुन्।