१८ भदौ २०८३, बिहिबार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक



काठमाडौं । सरकारले आज बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार प्रधानमन्त्री बालेन शाहले बैठक आह्वान गरेका हुन्। यसअघि भदौ १२ गते मन्त्रिपरिषद्को बैठक बसेको थियो।

बैठकमा रसुवा बाढी र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।