सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्तोय तोलामा ३ हजार १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ थियो।
त्यस्तै, सुनसँगै चाँदीको भाउमा पनि आज सामान्य गिरावट आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार भने चाँदीको मूल्य ४ हजार ७६५ रुपैयाँ थियो।












