२२ भदौ २०८३, सोमबार

बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण



काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत निरीक्षण गरेका छन्। बाढीका कारण भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्।

नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा राष्ट्रपति पौडेलले जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीहरूसँग भेट गरी पछिल्लो अवस्थाबारे जानकारी लिए। उनलाई बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार अभियान, राहत वितरण, होल्डिङ सेन्टरको व्यवस्थापन र प्रभावित क्षेत्रको पुनरुत्थानका लागि भइरहेका कामबारे जानकारी गराइएको थियो।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जिल्लाको स्थलगत निरीक्षण तथा आवश्यक जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवातर्फ प्रस्थान गरेका छन्।

भोटेकोशी नदीमा आएको बाढीबाट नुवाकोट र रसुवाका विभिन्न स्थानमा क्षति पुगेपछि राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमै पुगेर अवस्था बुझ्ने र उद्धार तथा राहतका प्रयासबारे जानकारी लिने काम गरेका हुन्