निर्जीवन बीमा समूहले उचाल्यो सेयर बजारः २५ सय ६० बिन्दुमा नेप्से, पौने ४ अर्ब माथिको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। लगातार चौथो दिन सकारात्मक देखिएको सेयर बजार मापक नेप्से यसदिन १८.०७ अंकले बढेर २५ सय ६० दशमलव ८४ बिन्दुमा पुगेको छ ।
नेप्सेसँगै यसदिन कारोबार पनि बढेको छ। आज ३५२ कम्पनीको ९० लाख ८५ हजार ६३१ कित्ता सेयर ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो कारोबार दिन बिहिबार १ करोड २१ लाख ६३ हजार कित्ता सेयर ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँमा किनबेच भएको थियो ।
आज फाइनान्स र व्यापार बाहेक सबै समुहका उपसूचकहरुमा हरियाली छाएको छ। यसदिन निर्जीवन बीमा समुहको उपसूचक सर्वाधिक २.०५, उत्पादन तथा प्रशोधन १.२४ र वाणिज्य बैंक समुहको उपसूचक १.१५ प्रतिशतले बढेको छ।
आज १९५ कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
यसदिन पियाेर इनर्जीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने इमर्जिङ नेपाल, सिन्धु विकास बैंक, र जानकी फाइनान्सकाे सेयर मूल्यमा नेगेटिभ सर्किट लागेकाे छ।












