भोटेकोशी बाढी पीडितको राहतका लागि सगरमाथा माध्यमिक विद्यालयको दुई लाख सहयोग
विराटनगर। गत भदाै १० गते रसुवाकाे भोटेकोशी हुँदै आएको बाढीबाट प्रभावितहरूकाे राहत तथा पुनर्स्थापनाका लागि विराटनगरस्थित सगरमाथा माध्यमिक विद्यालयले २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।
बाढीपहिरो प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि विराटनगरस्थित सगरमाथा माध्यमिक विद्यालयले २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीहरूबाट संकलन गरिएकाे उक्त रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा विपद्बाट प्रभावित भएकाहरूको सहयोगार्थ विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको हो ।
विद्यालयका प्रधानाध्यापक त्रिलोचन गौतमले प्राकृतिक विपत्तिको कठिन घडीमा पीडित नागरिकलाई साथ दिनु निजी क्षेत्रको पनि दायित्व भएको बताए । विपद्को समयमा निजी क्षेत्र, विभिन्न संघसंस्था र आम नागरिक एकजुट भएर प्रभावित समुदायको घाउमा मलम लगाउनु पर्ने उनले बताए।
विद्यालयले समय समयमा यस्ता विभिन्न सामाजिक कार्य र दैवी विपत्तिका बेला सहयोग गर्दै आएको छ ।












