२४ भदौ २०८३, बुधबार

एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ किनबेच ?



काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ थियो। यस आधारमा एकै दिनमा सुनको भाउ ३ हजार रुपैयाँले घटेको हो।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँमा झरेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।