२५ भदौ २०८३, बिहिबार

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण



काठमाडौँ। प्रभु बैंक लिमिटेडले रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण गरेको छ।

बिहीबार रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकको तर्फबाट सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग राहत सामग्री सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराइएको हो।

उक्त हस्तान्तरण कार्यक्रममा बैैंकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैैक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरे। यसअघि पनि बैंकको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै सम्पर्क विहिन व्यक्तिहरुको उद्धार तथा घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना समेत बैंकले व्यक्त गरेको छ।