उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस
काठमाडौं । उद्योगमन्त्रीका रूपमा सुनसरी–४ का सांसद दीपककुमार साहको नाम सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन शाहले उनलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले आज पदबाट राजीनामा दिएपछि रिक्त रहेको जिम्मेवारीमा साहको नाम अघि सारिएको हो। उनको नियुक्तिसम्बन्धी सिफारिस राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।
साह गत फागुनमा सम्पन्न निर्वाचनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका थिए। त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासनमा परेका थिए। त्यसपछि उनले आफ्नै राजनीतिक दल समेत गठन गरेका थिए।
राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपथ आजै साढे पाँच बजे हुँदैछ।












