२६ भदौ २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश घोषणा



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेको छ। आज अपरान्ह साढे ३ बजे बसेको बैंक सञ्चालक समितिको ५६४औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको कुल ६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरूमा वितरण गरिने बैंकले जनाएको छ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल तथा सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९३ एटिएममार्फत १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।