विशाल ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २ करोड ५१ लाख सहयाेग
काठमाडाैँ । विशाल ग्रुपले रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढी पिडितकाे लागि आर्थिक सहयाेग गरेकाे छ ।
विशाल ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा रु. २ करोड ५१ लाख सहयोग गरेको छ । उक्त रकम ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल तथा निर्देशक अर्पित अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
भीजी फाउन्डेसनमार्फत प्रभावित परिवारहरूलाई खाद्यान्न, पानी, दैनिक उपभोग्य तथा सरसफाइका सामग्री समावेश गरिएका ५,००० राहत प्याकेज वितरण गरिँदैछ ।
यसका अतिरिक्त, प्रभावित क्षेत्रहरूमा हजारौं कम्बल र शल समेत सहयाेग गरेकाे छ ।
ग्रुपले यस्ताे सहयाेगलाई एउटा ठूलो सामूहिक प्रयासको सानो हिस्सा मात्र भनेकाे छ । प्रभावित क्षेत्रहरूमा अहोरात्र खटिनुभएका उद्धार टोली, स्थानीय निकाय तथा स्वयंसेवकहरूप्रति हामी हार्दिक आभार व्यक्त गरेकाे छ ।












