२८ भदौ २०८३, आइतबार

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो।

शुक्रबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ६ सय रुपैयाँ रहेको चाँदीको भाउ आइतबार ६० रुपैयाँले बढेर ४ हजार ६ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।