३० भदौ २०८३, मंगलबार

सुनको मूल्यमा निरन्तर गिरावट: आज प्रतितोला ९ सयले घट्दा चाँदी पनि सस्तियाे



काठमाडौं । मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । हिजाे ताेलमा १ हजार २ सय रुपैयाँले घटेको सुनकाे मूल्य यस दिन प्रतितोला ९ सय रुपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा झरेको छ । हिजाे सुन प्रतिताेला ३ लाख १ हजार रुपैयाँमा किनबेच भएकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि ताेलामा २० रूपैयाँले घटेकाे छ। अघिल्लो दिन ४ हजार ६२० रुपैयाँमा किनबेच भएकाे चाँदी आज ४ हजार ६०० रुपैयाँमा झरेको छ ।