सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडाैँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र प्रशासनिक कामकाजलाई थप गतिशील बनाउने उद्देश्यसहित बुधबार अपराह्नका लागि नियमित बैठक आह्वान गरेका हुन्।
प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार आजको यो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा अपराह्न ठ्याक्कै ४ बजे सुरु हुनेछ।
पछिल्लो राजनीतिक घटनाक्रम, जलवायु प्रकाेप व्यवस्थापन र सरकारले अगाडि बढाउने नीतिगत निर्णयका विषयमा यस बैठकमा गहन छलफल हुने अपेक्षा गरिएको छ।












