वाणिज्य बैंकहरूको औसत ब्याजदरमा थप गिरावट, कुनको ब्याजदर कति ?
काठमाडौं। नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकम पर्याप्त रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नआएपछि बैंकहरूको औसत ब्याजदरमा थप गिरावट आएको छ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार असोज महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९ प्रतिशतमा झरेको छ। भदौमा यस्तो औसत दर ४.१३६ प्रतिशत थियो। यस आधारमा एक महिनाको अवधिमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ०.०४६ प्रतिशत विन्दुले घटेको हो।
संस्थागत निक्षेपतर्फ पनि ब्याजदरमा सामान्य गिरावट देखिएको छ। भदौमा ३.०८१ प्रतिशत रहेको संस्थागत निक्षेपको औसत ब्याजदर असोजमा ३.०६६ प्रतिशतमा कायम भएको छ। अर्थात् संस्थागत निक्षेपको औसत दर ०.०१४ प्रतिशतले घटेको हो।
एभरेष्ट बैंक
असोजका लागि ब्याजदर घटाउने बैंकमध्ये एभरेष्ट बैंकले ब्याजदरमा सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ३.५ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर दिने भएको छ। बैंकले भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.०५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिएको थियो। बैंकले व्यक्तिगत निक्षेपको दरमा ०.५५ प्रतिशतले घटाएको हो भने संस्थागततर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाएको हो।
कुमारी बैंक
कुमारी बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.७३ संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले भदौ महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.७६ संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले असोज महिनाका व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.८५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर तोकेको छ। भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ३.८५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंक
सानिमा बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको बढाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
नबिल बैंक
नबिल बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले भदौ महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो। नबिल बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर ०.३ प्रतिशतले घटाएको हो।
प्रभु बैंक
प्रभु बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एनआईशी एशिया बैंक
एनआईसी एशिया बैंकले पनि असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
नेपाल बैंक
यसैगरी नेपाल बैंकले पनि असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.१५ प्रतिशत र संस्थागत तर्फको ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले पनि ब्याजदरमा कुनैपनि परिवर्तन गरेको छैन। बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ३.७६ र संस्थागतर्फ ३.०५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागतर्फ २.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
एनएमबी बैंक
बैंकले ब्याजदर स्थिर राखेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले पनि भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
कृषि विकास बैंक
बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
माछापुच्छ्रे बैंक
बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ४ र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर दिने भएको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ३.७५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ३.८ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याज दिएको थियो।
माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलगायत १५ बैंकले असोजका लागि व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।












