४ आश्विन २०८३, आइतबार

नेभो क्यु ०५ पोखरामा सार्वजनिक, ४ दिने टेस्ट ड्राइभ पनि सुरू



काठमाडाैं । एमएडब्लु वृद्धि अटाेकर्प प्रालीले नयाँ चाङ्गान नेभो क्यु ०५ पोखरामा सार्वजनिक गरेको छ। गाडी सार्वजनिकसँगै चार दिने टेस्ट ड्राइभ कार्यक्रम पनि आयोजना गरेको छ।

ग्राहकहरूले चाउथेस्थित डीपल पोखरा शोरुममा असोज तीनदेखि छ गतेसम्म विशेष टेस्ट ड्राइभमार्फत नेभाे क्यु ०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

नेभाे क्यु ०५ लाई आयोजित भव्य सार्वजनिक कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष शोभा गौतम; नाडाका पूर्व अध्यक्ष ध्रुव थापा र वडाका उपाध्यक्ष निरन के.सी. विशेष अतिथिका रूपमा; डीपलका एम्बेसडर प्रदीप खड्का; एमएडब्लु वृद्धि अटाेकर्प प्रालिका निर्देशक पार्थ सिकरिया, तथा एमएडब्लु वृद्धि अटाेकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्दको उपस्थितिमा सार्वजनिक गरिएको हो।

क्यु ०५ को अल्ट्रा भेरियन्ट रु. ५१ लाख ८९ हजारको विशेष मूल्यमा प्रस्तुत गरिएको छ। चाङ्गान नेभो क्यु ०५ कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ए क्लास अबभ’ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी हो।

आधुनिक परिवारका आवश्यकतालाई केन्द्रमा राखेर विकास गरिएको क्यु ०५ ले कम्प्याक्ट बाह्य आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ। यसको सेग्मेन्टमै अग्रणी २ हजार ७ सय ३५ मिलिमिटर ह्वीलबेस र २६.६ प्रतिशत केबिन स्पेस उपयोगले यात्रुहरूका लागि प्रशस्त स्थान उपलब्ध गराउँछ, जसमा पछाडिको सिटमा ३ जना आरामदायी रूपमा बस्न सक्छन्।

पछाडिको सिटब्याकमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन छन् भने सिटहरू एर्गोनोमिक ९-तहको संरचनामा निर्माण गरिएका छन्। क्यु ०५ मा ५४०-लिटरको डुअल-लेभल बुट, ९० लिटरको लुकाइएको स्टोरेज, २९ सम्म व्यावहारिक स्टोरेज स्पेस तथा ६७ भन्दा बढी साउन्ड-इन्सुलेसन र न्वाइज-रिडक्सन पोइन्टहरू छन्। चयनित भेरियन्टहरूमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ र पावरयुक्त सनशेड पनि उपलब्ध छ।

क्यु ०५ को विकास चाङ्गानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन ग्रुप का पूर्व हेड अफ डिजाइन क्लाउस जिक्योरा को नेतृत्वमा गरिएको हो। यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञहरूले योगदान गरेका छन्।

फुगुआङ डिजाइन फिलोसफीबाट प्रेरित क्यु ०५ ले सन्तुलित अनुपात, आत्मविश्वासी रोड प्रेजेन्स र ०.२६५ सिडि को ड्र्याग कोइफिसियन्टसहित एरोडाइनामिक प्रोफाइल प्रस्तुत गर्छ। २०२६ गोल्डेन ए’ डिजाइन अवार्ड विजेता क्यु ०५ मा डिजिटल विङ २.० फुल-विड्थ लाइटिङ सिग्नेचर, स्टार-रिङ म्याट्रिक्स एलइडी टेललाइट र प्रिमियम सेमी-हिडन डोर ह्यान्डलहरू छन्।

क्यु ०५ मा क्याटल ब्याट्री सेलहरूलाई चाङ्गानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत गरिएको छ। यसको 3C फास्ट-चार्जिङ प्रणालीले उपयुक्त परिस्थितिमा ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सक्छ।

१२० किलोवाट इलेक्ट्रिक मोटरले ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति ८.१ सेकेन्डमा हासिल गर्न सक्षम बनाउँछ। क्यु ०५ ले डब्ल्युएलटिपिसी परीक्षणअन्तर्गत ४०५ किलोमिटरको रेन्ज प्रदान गर्छ भने ऊर्जा खपत १२.९ किलोवाट आवर प्रति १०० किलोमिटर रहेको छ।

यसको प्रविधि प्याकेजमा १४.६-इन्च १०८० पि टचस्क्रिन, अटोमोटिभ-ग्रेड एमटिकेडब्ल्यु ८६७५ ७-न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर-असिस्टेन्स फङ्सन र ५४०-डिग्री प्यानोरामिक भ्युिङ सिस्टम समावेश छन्।