कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै अथर, सुर्खेतमा सञ्चालनमा ल्याये १६ औँ अनुभव केन्द्र
काठमाडौँ। अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्कलाई थप विस्तार गर्दै असोज ५, २०८३ मा वीरेन्द्रनगर–१२, एयरपोर्ट चोक, सुर्खेतमा आफ्नो १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। नयाँ अनुभव केन्द्रमार्फत सुर्खेत तथा समग्र कर्णाली क्षेत्रका ग्राहकहरूलाई अथरका विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि तथा ग्राहक–केन्द्रित ओनरसिप एक्सपिरियन्स अझ सहज रूपमा उपलब्ध हुनेछ।
नयाँ अनुभव केन्द्रमा ग्राहकहरूले अथरका नवीनतम विद्युतीय स्कुटरहरू, विशेषगरी अथर ४५० सिरिज र अथर रिज्ता सिरिज बारे जानकारी लिनुका साथै प्रोडक्ट डेमोन्स्ट्रेशन तथा टेस्ट राइडमार्फत प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
अथर ४५० सिरिज पर्फोर्मन्स, एडभान्स टेक्नोलोजी र दैनिक प्रयोगको व्यावहारिकतालाई संयोजन गर्दै उत्कृष्ट राइडिङ एक्सपिरियन्स प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको छ। अथर ४५० का नवीनतम मोडलहरूमा राइडिङ एक्सपिरियन्सलाई अझ सहज र इन्जोयबल बनाउन म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस इन्टर्याक्सन जस्ता एडभान्स फिचर्स समावेश गरिएका छन्।
म्याजिक ट्विस्टले एक्सेलेरेटर ग्रिपको ट्विस्टमार्फत स्कुटरको डिसेलेरेसन नियन्त्रण गर्न सहयोग गर्छ, जसले बारम्बार ब्रेक प्रयोग गर्नुपर्ने आवश्यकतालाई कम गर्छ। इन्फिनिट क्रुजले लामो दूरीको यात्रामा निर्धारित स्पिड कायम राख्न सहयोग गर्दै राइडिङलाई थप सहज बनाउँछ। त्यस्तै, भ्वाइस इन्टर्याक्सनमार्फत सपोर्टेड फङ्क्सन्सका लागि भ्वाइस कमान्ड्स प्रयोग गरी स्कुटरसँग सहज रूपमा इन्टर्याक्सन गर्न सकिन्छ।
त्यसैगरी, अथर रिज्ता आधुनिक पारिवारिक मोबिलिटीलाई ध्यानमा राखेर डिजाइन गरिएको विद्युतीय स्कुटर हो। लामो सिट, थप कम्फर्ट र दैनिक पारिवारिक प्रयोगका लागि आवश्यक प्राक्टिकालिटीका साथ अथर रिज्ताले परिवारका विभिन्न आवश्यकतालाई ध्यानमा राख्दै सहज र आरामदायी राइडिङ एक्सपिरियन्स प्रदान गर्दछ।
विद्युतीय मोबिलिटी प्रमुख शहरहरूभन्दा बाहिरका क्षेत्रमा समेत विस्तार हुँदै जाँदा अथर नेपालले ग्राहकहरूको ओनरसिप एक्सपिरियन्सलाई थप सहज र विश्वसनीय बनाउन आफ्नो सर्भिस तथा चार्जिङ इकोसिस्टमलाई पनि निरन्तर विस्तार गर्दै आएको छ।
अथर्स एट७० ब्याट्री वारन्टी अन्तर्गत एप्लिकेबल वारन्टी टर्म्स अनुसार ब्याट्रीमा ८ वर्ष वा ८०,००० किलोमिटर, जुन पहिले आउँछ, त्यति अवधिसम्मको वारन्टी कभरेज उपलब्ध छ। साथै, ब्याट्री हेल्थ ७०% भन्दा तल पुगेको अवस्थामा एप्लिकेबल वारन्टी टर्म्स अनुसार ब्याट्री रिप्लेसमेन्ट कभरेज समेत उपलब्ध हुन्छ।
अथर नेपालले देशभर आफ्नो सर्भिस तथा चार्जिङ इकोसिस्टमलाई पनि विस्तार गर्दै आएको छ। हाल १०+ अटोराइज्ड सर्भिस सेन्टरहरू र ५०+ फास्ट चार्जिङ पोइन्टहरू देशभर उपलब्ध छन्, जसले ग्राहकहरूलाई यात्राका क्रममा चार्जिङ एभेलिबिलिटी तथा रेन्ज सम्बन्धी चिन्ता कम गर्दै अझ बढी कन्फिडेन्सका साथ यात्रा गर्न सहयोग गर्दछ।
सुर्खेतमा अनुभव केन्द्रको विस्तार केवल अथरका विद्युतीय स्कुटरहरूलाई ग्राहकको नजिक पुर्याउने प्रयास मात्र नभई कर्णाली क्षेत्रमा थप एक्सेसिबल, रिलायबल र कस्टमर-फोकस्ड इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम निर्माण गर्ने दिशामा पनि महत्वपूर्ण कदम हो।
असोज ११ सम्म विशेष ओपनिङ अफर
सुर्खेतमा नयाँ अनुभव केन्द्र सञ्चालनको अवसरमा अथर नेपालले असोज ११, २०८३ सम्मका लागि सीमित अवधिको विशेष ओपनिङ स्किम ल्याएको छ। उक्त अवधिमा अथर खरिद गर्ने ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न अफरहरू छनोट गर्न सक्नेछन्। जसअन्तर्गत नगद खरिद (क्यास पर्चेज) गर्दा एट७० ब्याट्री वारन्टी, फाइनान्सिङमा ०% इन्ट्रेस्ट फाइनान्सिङ, तथा एक्सचेन्ज गरी नयाँ स्कुटर खरिद गर्दा एक्सचेन्जमा थप एनपिआर ८,००० को एडिसनल भ्यालुएसन जस्ता सुविधाहरू उपलब्ध गराइएको छ।
उक्त स्किम सीमित अवधिको लागि मात्र उपलब्ध हुनेछ तथा लागू हुने टर्म्स एन्ड कन्डिसन्स अनुसार हुनेछ।
वैद्य इनर्जी प्राइभेट लिमिटेड नेपालमा अथर इनर्जीको अटोराइज्ड डिस्ट्रिब्युटर हो र यसले देशभर अथरको रिटेल, सर्भिस तथा चार्जिङ इकोसिस्टम सञ्चालन तथा विस्तार गर्दै आएको छ। अनुभव केन्द्र, सर्भिस फेसिलिटिज तथा चार्जिङ इन्फ्रास्ट्रक्चरको विस्तारमार्फत वैद्य इनर्जीले नेपालभर प्रिमियम तथा टेक्नोलोजी-ड्रिभन इलेक्ट्रिक मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने दिशामा काम गरिरहेको छ।
सुर्खेतमा १६औँ अनुभव केन्द्रको सञ्चालन वैद्य इनर्जीको देशव्यापी विस्तारको अर्को महत्वपूर्ण कदम हो। यसले कर्णाली क्षेत्रमा अथरको उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय ग्राहकहरूलाई अथरका विभिन्न प्रोडक्ट्स, एडभान्स टेक्नोलोजी, टेस्ट राइड तथा ओनरसिप सपोर्ट प्रत्यक्ष रूपमा उपलब्ध गराउनेछ।














