कामना सेवा विकास बैंकले यात्रुहरूको सेवाको लागी यात्रु प्रतिक्ष बेन्च
कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै निर्माण गरेको उक्त प्रतीक्षा–बेन्च स्थापना गरिएको हो ।
बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतीक्षा–बेन्च स्थापना गरिएको हो ।
सर्वसाधारण तथा यात्रुहरूको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त प्रतीक्षा–बेन्च बाट बाटो हिँड्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज हुने अपेक्षा गरिएको छ ।
कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको उपयोगमा आउने प्रतीक्षा–बेन्च स्थापना गरेकोमा कामना सेवा विकास बैंकप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले प्रतीक्षा–बेन्च बाट यात्रु तथा स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष रूपमा सुविधा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले आफ्ना सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको बताए । उनले स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता कार्यहरूलाई निरन्तरता दिइने समेत बताए ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू तथा कुमारीपाटी जावलाखेल व्यापार संघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ ।














