आज प्रतितोला १७ सय रूपैयाँले घट्याे सुनकाे भाउ, चाँदीकाे कति ?
काठमाडाैं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। तोलामा १३ सय रुपैयाँले घटेकाे सुनकाे भाउ आज पनि प्रतिताेला १७ सय रुपैयाँ घटेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । हिजाे छापावाल सुन प्रतिताेला ३ लाख ३ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैया घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ताेलाकाे ४ हजार ७७५ रुपैयाँ ताेकिएको छ ।














