७ आश्विन २०८३, बुधबार

बाढीबाट क्षतिग्रस्त आइसिएफसि फाइनान्सको त्रिशूली शाखा कार्यालय बट्टारमा स्थानान्तरण



काठमाडौं। आइसिएफसि फाइनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त भएको त्रिशूली शाखा कार्यालय, बट्टारमा स्थानान्तरण गरी असोज ५ गते, सोमबार देखि पुनः सञ्चालनमा ल्याएको छ ।

उक्त बाढीका कारण बिदुर नगरपालिका – १, त्रिशूली स्थित शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई बन्द रहेको थियो । फाइनान्सले उक्त स्थानमा शाखा पुनःस्थापना तथा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले शाखालाई बिदुर नगरपालिका–४, बट्टारमा स्थानान्तरण गरी बट्टार शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त मिति देखि त्रिशुली शाखाका ग्राहक महानुभावहरूले बिदुर नगरपालिका–४, बट्टार स्थित नयाँ शाखाबाट नियमित रूपमा सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन । ग्राहक महानुभावहरूलाई नयाँ स्थानबाट बैंकिङ सेवा लिन तथा आवश्यक जानकारीका लागि शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।