९ आश्विन २०८३, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?



काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको हो।

बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला ३० रुपैयाँले सस्तिँदै ४ हजार ६ सय २० रुपैयाँमा झरेको हो। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँ थियो।