तिनाउ नदीमा बाढी: बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति
काठमाडौं । भारी वर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवलमा दुई वटा घर बगाएको छ भने अन्य तीन वटा घरमा क्षति पुर्याएको छ ।
गए राति आएको बाढी पसेर बुटवल उपमहानगरपालिका-११ स्थित टप मजुवाका दुर्गा बानियाँ र उनका एक छिमेकीको घर पूर्ण रूपमा बगाएको हो ।
त्यसैगरी, बाढीको कटानका कारण स्थानीय नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुगेको छ । बाढीले घर भत्काएर जोखिम बढाएपछि प्रभावित परिवारहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।















