सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्दा चाँदी पनि महँगियो
काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा किनबेच भएको चाँदी आज तोलामा ४ हजार ६६५ रुपैयाँ कायम भएको छ।

















