आज एकैदिन प्रतितोला ५ हजारले घट्यो सुनकाे मूल्य, चाँदी पनि सस्तियो
काठमाडाैं । सोमबार फेरी नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा ७०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज एकैदिन प्रतितोला ५ हजार रुपैयाँले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदी पनि प्रतितोला १ सय ४५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ।















