सिजी स्मार्ट घरायसी उपकरणमा दशैं–तिहार लक्षित योजना सार्वजनिक
काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पिरियन्स लाइफ विथ सिजी’ अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर स्मार्ट घरायसी उपकरणहरूमा “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै चाडपर्वमा विशेष उपहार प्रदान गर्ने लक्ष्यसहित यो योजना सार्वजनिक गरिएको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरणहरूको खरिदमा आकर्षक लक्की ड्र मार्फत विशेष उपहारहरू जित्न सक्नेछन्। योजनाका प्रमुख आकर्षणहरूमा भाग्यशाली विजेताहरूले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमण जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन्। भाग्यशाली विजेताले कुनै पनि ५ वटा उपकरणहरूको बन्डल जित्न सक्नेछन्।
यस योजनामा सहभागी हुन ग्राहकहरूले सिजीका स्मार्ट घरायसी उपकरणहरूको खरिदपछि क्युआर कोड स्क्यान गरी लक्की ड्रका लागि सजिलै दर्ता गर्न सक्नेछन्। सिजीको ‘एक्पिरियन्स लाइफ विथ सिजी’ वार्षिक अभियानले ग्राहकको जीवनस्तर उकास्ने र दैनिक कार्यलाई सहज बनाउने कुरामा सधैँ जोड दिँदै आएको छ।
यसअन्तर्गतको प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ ले अत्याधुनिक प्रविधि र विलासीपनको संयोजनमार्फत घरको शोभा बढाउँदै ग्राहकलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको छ।
सिजी इलेक्ट्रोनिक्सका यी उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपका शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने कम्पनीले जनाएको छ।














