पावरप्याक्ड म्याक्स टाइगर, पावरफुल महिला खेलाडी : राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज
काठमाडौँ । नेपालमा महिला ई- स्पोर्ट्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ ।
म्याक्स टाइगर इनर्जी ड्रिङको पावरप्याक्ड ऊर्जासँगै प्रतियोगिताको अन्तिम चरणमा महिला खेलाडीहरूको जोश, उत्साह र प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट १६ टोली अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । आज हुने फाइनलमा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि १,००० अमेरिकी डलर रहेको छ ।
महिला ई-स्पोर्ट्सको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले महिला खेलाडीहरूको प्रतिभा र सम्भावनालाई थप उजागर गर्नेछ । म्याक्स टाइगरको पावरप्याक्ड एनर्जीले फाइनलको उत्साह, जोश र प्रतिस्पर्धात्मक माहोललाई अझ ऊर्जावान बनाउनेछ ।














