सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित
काठमाडाैं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सोमबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। त्यस्तै, अग्राधिकार सेयर पुँजीतर्फ ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ ।
साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरे संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेकाे छ भने कुल सम्पत्ति २९१ अर्ब २१ करोड, कुल निक्षेप २४९ अर्ब ९३ करोड तथा खुद कर्जा सापटी २०३ अर्ब ९९ करोड रुपैयाँ रहेकाे छ।
यस अवधिमा बैंककाे निष्क्रिय कर्जा २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत, कर्जा निक्षेप अनुपात ८०.७७ प्रतिशत रहेको छ ।














