१३ आश्विन २०८३, मंगलबार

ग्लोबल आइएमई लघुवित्तद्वारा ९.५ प्रतिशत लाभांश घोषणा



काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

असोज १२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गरिने छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।