बुद्ध एयर २९औँ वर्षमा प्रवेश, शिशु यात्रुहरूलाई ५० प्रतिशत छुट
काठमाडौं। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा शिशु यात्रुहरूको लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।
कम्पनीले आफ्नो वार्षिकोत्सवको विशेष उपहारस्वरूप शिशुहरूको टिकट भाडामा ५० प्रतिशत छुट दिएको हो। यो अफर भोली अक्टोबर १ देखि अक्टोबर ११, २०२६ (असोज १५ देखि असोज २५ गते)सम्म लागु हुनेछ।
यस योजना अन्तर्गत यात्रा गर्ने शिशुहरूका लागि ममबड्स यूएसएुसँगको सहकार्यमा विशेष बेबी केयर गुडिज समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ। २८ वर्षको सफल यात्रा पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको अवसरमा आफ्ना यात्रीहरूलाई आभार व्यक्त गर्न र पारिवारिक यात्रालाई अझ सहज तथा किफायती बनाउन यो योजना ल्याइएको हो।
यस अफरसम्बन्धी थप जानकारी बुद्ध एयरको आधिकारिक वेबसाइट वा नजिकैको काउन्टरबाट लिन सकिनेछ।















