१४ आश्विन २०८३, बुधबार

सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट, नेप्से २५९८ विन्दुमा झर्‍यो



काठमाडाैं । शेयर बजार लगातार तेस्राे दिन पनि घटेकाे छ। मंगलबार ९.६२ अंकले घटेकाे सेयर बजार मापक नेप्से बुधबार ४.८२ अंकले घटेर २५ सय ९८ दशमलव ८९ बिन्दुमा झरेको छ।

आज १५७ वटा कम्पनीको शेयर घटेकोमा १०९९ वटाको बढेको छ । यस्तै १३ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । यसदिन सिन्धु विकास बैंककाे सेयर मूल्य सर्वाधिक १४.३७ प्रतिशतले बढेकाे छ।

नेप्से परिसूचक घटेपनि यसदिन काराेबार भने सामान्य बढेकाे छ । आज ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँमा कारोबार भएको छ।

हिजाे ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ०७४ कित्ता सेयर ४ अर्ब ६५ करोड ४८ लाख ८० हजार रुपैयाँमा कारोबार भएको थियाे।

यसदिनकाे काराेबारमा हाइड्राेपावर र म्युच्युअल फण्ड समुहकाे उपसूचक बढ्दा व्यापार समुह सर्वाधिक १.१८ प्रतिशतले बढेकाे छ। यस्तै बाँकी सबै उपसूचकहरू घटेका छन्।