३१ आश्विन २०८३, शनिबार

बाढी प्रभावितकाे राहत तथा पुनर्स्थापना लागि होण्डाकाे १ लाख अमेरिकी डलर सहयोग



काठमाडौं । नेपालमा गएको भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले होण्डा कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख अमेरिकी डलर सहयोग गरेको छ ।

होण्डा कम्पनीको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होण्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस सोसाइटीमार्फत उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

बाढीका कारण ज्यान गुमाएका परिवार तथा प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै कम्पनीले उनीहरूको शीघ्र स्वास्थ्यलाभ तथा जनजीवनको पुनःस्थापनाको कामना समेत गरेको छ ।