१८ आश्विन २०८३, आइतबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो।

बिहीबार २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले उकालो लागेको छ। बिहीबार ४ हजार ४२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।