सन नेपाल लाइफमा कविको राजीनामाले तरङ्ग, हिमालयन लाइफ इन्ट्रको तयारी !
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका सिनियर डिसिईओ कवि फुयाँलले राजीनामा दिएका छन् ।
२०८१ फागुन ८ गते सन नेपाल लाइफ को सिनियर डिसीईओमा ज्वाइन गरेका फुयाँलले हिजो शुक्रवार सिइओ राजकुमार अर्याललाई भेटेर राजीनामा दिएका हुन् ।
आइएमई लाइफको सिइओ हुँदै सन नेपालमा डिसीईओ हुन तयार रहेका फुयाँलले सिइओ राजकुमार अर्यालसँग कुरा नमिलेपछि राजीनामा दिएका हुन् ।
उनको राजीनामालाई बीमा क्षेत्रभित्र कति संस्थागत सुशासन छ भनेर हेरिएको छ ।
उनी दसैँ तिहारपछि हिमालयन लाइफ ज्वाइन गर्ने बुझिएको छ । हिमालयन लाइफमा सिनियर डिसिईओको रूपमा हाजिर हुने बुझिएको छ ।
हिमालयन लाइफमा यसअघि मुद्दा लागेर निलम्बनमा परेका एसिईओ लक्ष्मण ज्ञवाली र लगानी प्रमुख विवेक शाह उच्च अदालतको आदेशमा हाजिर भैसकेका छन् ।
त्यस्तै अर्का एसिईओ राजन अधिकारीको यही २० गते छलफलपछि कम्पनी फर्कने जनाइएको छ । सिइओ कपिल दाहाल सर्वोच्च गएका कारण टुङ्गो लाग्न सकेको छैन ।
हिमालयन लाइफको कर्मचारी विनियमावलीमा सिनियर डिसिईओ पद नै नरहेको कर्मचारी श्रोतले बताएको छ ।















