१८ आश्विन २०८३, आइतबार

आज प्रतितोला २९०० रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो



काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज एकैदिन २ हजार ९०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ पुगेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। गत शुक्रबार ४ हजार ४५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर प्रतितोला ४ हजार ३९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।